Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

‘सारंग’ को गीतमा दुई साथीको प्रेम प्रसंग

‘सारंग’ को गीतमा दुई साथीको प्रेम प्रसंग

नेपाल सम्वत् ११४५, प्वहेलागाः ५, पञ्चमी (५ माघ, २०८१, १८ जनवरी, २०२५) शनिवार, बाँपीझ्याला । माघ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’ मा समावेश ‘तिमी नै हौ’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मको गीतमा दुई साथी–बालकलाकार आदित्य कार्की र सम्राट् थापाबिचको प्रेम,साथ,समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ ।

देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन सिंगल, संगीत शंकर थापा स्माइलको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् । केही दिनअघि सार्वजनिक फिल्मको टिजरले तारिफ पाइरहेको बेलामा दर्शकमाझ ‘फ्रेन्ड सङ’ ल्याइएको हो ।

फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,नीरज ब्ल्याक,विश्व स्याङ्बो,दीपिका थापा,सुमन सागर जङ्ग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट् र आदित्य मुख्य भूमिका रहेको छ । बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइने फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्मलाई देशभर स्टेशन ५ ले वितरण गर्दै छ ।

https://youtu.be/aDiqcBq9T9w

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार