नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । असोज २ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘झिंगे दाउ २’ ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। हलमा फिल्म हेरेका दर्शकले कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीत–संगीतलाई रुचाएको निर्माण पक्षको भनाइ छ।
फिल्म प्रदर्शनमा आएको एक सातापछि निर्माण पक्षले नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ। भावनात्मक पक्षलाई केन्द्रमा राखिएको गीतले आमाको महत्व, घरमा आमाको उपस्थितिले ल्याउने आत्मीयता र आमाविहीन घरको पीडालाई प्रस्तुत गरेको छ।
गीतमा कुशल बेलबासेको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। आमाको माया, स्नेह र परिवारमा आमाको भूमिकालाई भावुक ढंगले प्रस्तुत गरिएको गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा निर्माण पक्षले गरेको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन्।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।
फिल्मका छायांकार विष्णु घिमिरे ‘कल्पित’, सम्पादक मित्र डी गुरुङ, संगीतकार अर्जुन पोखरेल तथा द्वन्द्व निर्देशक रोशन श्रेष्ठ हुन्। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे रहेका छन्।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। प्रदर्शनसँगै दर्शकबाट प्राप्त प्रतिक्रियाले फिल्मप्रति निर्माण पक्ष उत्साहित रहेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij