नेपाल सम्वत् ११४६, कौलाथ्वः २, द्वितिया (२६ असोज २०८३, १२ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । वरिष्ठ पर्यटन व्यवसायी तथा ‘आधा शताब्दी’ पुस्तकका लेखक रामप्रसाद सापकोटा सम्मानित हुनुभएको छ। राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान तथा ‘स्रष्टा सम्मान’ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसाय, समाजसेवा तथा साहित्यिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सापकोटालाई सम्मान प्रदान गरिएको हो।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७, अचनेमा जन्मिनुभएका सापकोटा हाल होटल, ट्राभल, हेलिकप्टर तथा जलविद्युत् व्यवसायमा सक्रिय हुनुहुन्छ। व्यावसायिक गतिविधिसँगै पर्यटन प्रवर्द्धन र सामाजिक सेवामा समेत योगदान पुर्याउँदै आउनुभएका उहाँले आफ्नो जीवनयात्रा, संघर्ष र अनुभवलाई ‘आधा शताब्दी’ पुस्तकमा समेट्नुभएको छ।
ग्रामीण परिवेशबाट व्यावसायिक यात्रा सुरु गरी विभिन्न क्षेत्रमा स्थापित हुनुभएका सापकोटाको जीवनयात्रा नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन्।
राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल तथा वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संघका महासचिव विनोद ढकालले सञ्चालन गर्नुभएको थियो। समारोहमा कला, संगीत, संस्कृति, पर्यटन तथा व्यवसायिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij