Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्राचिन शहर दोलखालाई मिनि नेपाल बनाउनु पर्छ : कमला बस्नेत, उपप्रमुख, भीमेश्वर नगरपालीका

प्राचिन शहर दोलखालाई मिनि नेपाल बनाउनु पर्छ : कमला बस्नेत, उपप्रमुख, भीमेश्वर नगरपालीका

दोलखा जिल्लाको मुटुमा रहेको भीमेश्वर नगरपालीका नगर उपप्रमुख कमला बस्नेत हुन् । कमला बस्नेत स्थानिय निकायको पहिलो दोश्रो पटक सम्पन्न स्थानिय निर्वाचनमा दुवै पटक आफ्नो प्रत्यासीलाई हराउँर्दै भीमेश्वर नगरपालीकाको उप–नगर प्रमुख बन्न सफल बन्नु भएको हो ।

विश्वमा ख्याती प्राप्त दोलखा भीमेश्वर नेपाल राज्यको एक महत्वपूर्ण धार्मीक गन्तव्य मध्ये एक पर्दछ । यसै गरी मन्दीरै मन्दिर अनी ढुंगाले घेरिएको दोलखा शहरको आफ्नै पौराणिक मठ–मन्दिर, चाडपर्व, रीतिरिवाज, र मौलिक नेपाल (नेवारी) मातृभाषा बोल्ने नेवार जाती रहेको बाहुल्यता रहेको शहर हो दोलखा हो ।

यसको दक्षिण भेगमा तामाङ जाती रहेको छ भने उत्तर पूर्वमा बाह्मण, थामी र तामाङ जातीको बसोबास रहेको छ । यसैगरी पश्चिममा सदरमुकाम चरिकोट पर्दछ । भीमेश्वर नगरपालीकाकी उपप्रमुख कमला बस्नेत र बाँपीझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानसँगको बसिवियोलोको सारसंक्षेत यहाँ जस्ताको तस्तै प्रस्तुत गरका छौं ।

दोलखाको धार्मीक, सामाजिक विकासको लागि प्रस्ताव ल्याउनु र विकास कार्यको लागि जुट्नु पर्छ ।

प्राचिन शहर हालको नगर दोलखाको बारेमा उप नगर प्रमुख कमला बस्नेत यसो भन्नु हुन्छ, सर्व प्रथम दोलखाका दाजुभाई, दिदीबहीनी एक भएर दोलखाको धार्मीक, सामाजिक विकासको लागि प्रस्ताव ल्याउनु र विकास कार्यको लागि जुट्नु पर्छ । यस पछी प्राथमिकताको बारेमा कुन विकासलाई पहिलो प्राथमिकता दिने त्यसबारेमा छलफल गरेर अगाडी बढनु पर्छ । यही दोलखाको मुल आवश्यकता रहेको छ ।

अर्को कुरा दोलखा भीमेश्वर मन्दिरको आगनमा कालिमन्दीर, बनारसी, त्रिपुरासुन्दरी, नाट्श्वर, महादेव, राजकुलेश्वर तलेजु भवानीको मन्दिर, चक्र डब्बली, टोलै पिच्छे बौद्ध स्तुपा, गणेश मन्दिर, बज्रयोगीनी लगायत टोल टोलमा नारायण भगवानको मन्दिर रहेको छ । यसको संरक्षणको लागि दोलखावासी एक जुट हुनु पर्छ ।

विना राजनैतिक पूर्वाग्रह एकले अर्कालाई राम्रो र कुसल कार्यको लागि नेतृत्वदायी भूमीका निर्वाह गर्ने मौका दिनु पर्छ ।

विना राजनैतिक पूर्वाग्रह एकले अर्कालाई राम्रो र कुसल कार्यको लागि नेतृत्वदायी भूमीका निर्वाह गर्ने मौका दिनु पर्छ । यसको लागि एउटै मुलकुरा दोलखावासी एक हुनुको अर्को विकल्प छैन । तितो सत्य यर्थाथ यही छ दोलखाको परिवेशमा ।

दोलखामा भएको धर्म, संस्कृती, परम्परा, भाषा संस्कृतीको जर्गेना अनी निरन्तरताको लागि दोलखा भीमेश्वर व्यवस्थापन समितीले नेतृत्वदायी भुमीका निर्वाह गर्नु पर्छ । यस बारेमा थाहा पाएर पनी थाहा नपाएको जस्तो गरि बस्नु उचित दैखिन्दैन ।

यस संग सम्वन्धित भएर अगाडी बढी रहेका संघ–संस्था, प्रभुत्व व्यक्तीत्वहरुलाई विशेषतः भीमेश्वर नगरपालीका वडा नं.२ ले अगाडी जान सहयोग पू¥याउनु पर्छ । बाटो बनाई दिनु पर्छ । यस कार्यको लागि भीमेश्वर नगरपालीकाले सहयोग गर्ने प्रतिवद्धता पनी नगर उपप्रमुख कमला बस्नेतको रहेको छ । तर दोलखावासी एक हुनु पर्छ र भएर संयुक्त रुपमा आउनु पर्छ भनी बारम्बार उहाँले उक्त भनाई दो¥याई रहनु भयो ।

यसरी दोलखावासी सवै एक ठाँउमा बसी धर्म परम्परा, भाषा संस्कृतीको साथै भौतीक पूर्वाधारका क्रियाकलापहरु अगाडी बढाएको खण्डमा भोलीका दिनमा प्राचिन शहर दोलखा “मिनी नेपाल” को नामले ख्याती कमाउन सक्ने पनी उहाँले बताउनु भयो ।

यहाँको पहिचान दिने हरेक कुरालाई दस्तावेजीकरण गर्न पर्नेमा जोड दिनु भयो । जसमा भाषा, संस्कृती, परम्परा, रितिस्थिती र चाडपर्वलाई कसरी निरन्तरता दिने व्यक्तिगत गुठी र सामूहीक गुठीलाई कसरी संचालन गर्ने यसबारेमा पनी दोलखा भित्र र बाहीर बस्ने दोलखावासीले चिसो दिमागले सोच्नु पर्छ । भोलीको दिनमा ढिला भयो भनेर पछुताउनुको कुनै विकल्पन नभएको पनी उहाँको भनाई रहेको छ ।

यी सवै कुरामा दोलखावासी एक भयो भने भोलीको दिनमा दिनमा दोलखाको ईतिहासलाई पुनःजिवन दिन कसैले रोक्न नसक्ने पनी बताउनु भयो । भीमेश्वर नगरपालीकाको ९ वडा मध्ये विशेषत वडा नं. २ प्राचिन ऐतिहासिक थलो भएकोले यसको संरक्षण गर्नु पर्नेमा आफ्नो भुमीका र सहयोग रहने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार