
नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः , ७, सप्तमी (२२ पुष, २०८१, ६ जनवरी, २०२५) सोमबार, बाँपीझ्याला । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।

देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।
पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij