
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ५ ( २० पुष , २०८१) जनवरी ४, २०२५ , शनिबार, बाँपीझ्याला ।स्लोभाकियाले रुसी ग्यासको विवाद हल नगरे बिजुली निर्यात र युक्रेनी शरणार्थीलाई दिइरहेको सहायता कटौती गर्ने धम्की दिएको छ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले रुसी ग्यासको बहाव रोक्ने युक्रेनको कदममा पुनर्बिचार नगरे शरणार्थी मामिलावाट प्रतिकारात्मक कदम चाल्न सक्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा फिकोले सुझाव दिएका छन, ‘युक्रेनमा स्लोभाकियावाट जाने बिजुली आपूर्ति कटौती गर्न सक्छ, साथै युक्रेनी शरणार्थीहरूलाई सहयोग घटाउन सक्छ।’
स्लोभाकियाले २०२४ को पहिलो ११ महिनामा युक्रेनलाई २.४ मिलियन मेगावाट घण्टा बिजुली निर्यात गरेको थियो । युद्धग्रस्त देशलाई यसको ऊर्जा पूर्वाधारमा रूसी बमबारीको कारणले गर्दा अभाव पूरा गर्न स्लोभाकियाले मद्दत गरेको थियो । तर, नयाँ वर्षको दिनमा युक्रेनले मस्कोसँगको प्रमुख सम्झौताको म्याद सकिएपछि आफ्नो क्षेत्रबाट युरोपमा रूसी ग्यासको ढुवानी रोक्ने जनाएको थियो । र, सो अनुसार युक्रेन हुदैँ रूसी ग्यास अन्य युरोपेली देशमा जान बन्द भएको छ । त्यसैले युक्रेनी राष्ट्रपति भ्लादिमीरजेलेन्स्कीले आफ्नो सो कदमलाई ‘मस्कोको सबैभन्दा ठूलो पराजय’ को रूपमा बर्णन गरेका थिए ।

तर, फिकोले रूसी ग्यास प्रवाहको अन्त्यलाई जेलेन्स्की द्वारा ‘सबोटेज’ को रूपमा वर्णन गरेका छन । र, स्लोभाक प्रतिनिधिमण्डलले अर्को मंगलबार ब्रसेल्सको अवस्थाबारे छलफल गर्ने बताए। त्यसपछि आफ्नो सत्तारुढ गठबन्धनले बदला लिने विचार गर्नसक्ने पनि उनले पुर्व जानकारी दिएका छन् । ‘म घोषणा गर्छु कि मेरो पार्टी बिजुलीको आपूर्ति रोक्न र स्लोभाकियामा युक्रेनी शरणार्थीलाई दिइएको उल्लेखनीय सहयोग कम गर्नेछ, त्यसका लागि गठबन्धनमा बहस गर्न र सहमत हुन तयार छ,’ फिकोले भनेका छन् । उनले अगाडी भने, ‘सार्वभौम स्लोभाकियाको लागि एक मात्र विकल्प भनेको ट्रान्जिटको नवीकरण वा क्षतिपूर्ति संयन्त्रको माग गर्नु हो जसले लगभग ५०० मिलियन यूरोको सार्वजनिक वित्तमा भएको नोक्सानलाई प्रतिस्थापन गर्नेछ।’
हालैका दिनहरूमा कीभ र ब्राटिस्लाभा बीच बढेको तनावका बिचमा फिकोले बुधबार पनि चेतावनी दिएका थिए कि युक्रेन हुँदै रूसी ग्यास प्रवाह रोक्नुले युरोपियन युनियनमा कठोर प्रभाव पार्नेछ तर रूसमा यसको कुनै प्रभाव पर्ने छैन् । फिकोले पहिले युक्रेनले नविकरण नगरेको सो सम्झौताको अन्त्यमा युरोप भरीमा ग्यास र बिजुलीको मूल्य उच्च हुने तर्क गर्दै आएका छन । युक्रेन हुदैँ युरोपका अन्य देशमा जाने रूसवाट जाने पाइप लाईन अहिले अबरूद्द भए पछि युरोपमा महंगी बढेको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij