
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ४ ( १९ पुष , २०८१) जनवरी ३, २०२५ , शुक्रबार, बाँपीझ्याला । महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति लागू गरेपछि उखु किसानहरूले राहत महसुस गरेका छन्। यसपटक सरकारद्वारा तोकिएको प्रतिक्विन्टल रु ५८५ को मूल्यप्रति असन्तुष्टि रहे पनि समयमा भुक्तानी पाउँदा किसानहरू उत्साहित भएका छन्।
गत मङ्सिर २६ मा क्रसिङ सुरू गरेको उद्योगले तीन हप्ताभित्र तीनपटक भुक्तानी गरिसकेको छ। चौथोपटकको भुक्तानी पनि छिट्टै गरिने उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताएका छन्। उद्योगले हालसम्म पुस १० सम्मको तौलिएको उखुको रु २५ करोड ६ लाख १३ हजार भुक्तानी गरिसकेको छ। किसान अरूण गिरी भन्छन्, “भुक्तानी प्रक्रिया सहज भएपछि उखुखेतीप्रति हाम्रो रुचि बढेको छ, जुन पहिले निकै चुनौतीपूर्ण थियो।”

सरकारले उखुको मूल्यमा १५ प्रतिशत वृद्धिको माग पूरा नगरी प्रतिक्विन्टल रु २० मात्र थपेको किसानहरूको गुनासो छ। किसान प्रतिनिधि नरेशसिंह कुशवाहाले सरकारसँग पुनर्विचारको माग गरेका छन्। यस आर्थिक वर्षमा एभरेष्ट चिनी उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ, जुन गत वर्षभन्दा ६ लाख क्विन्टल बढी हो। भुक्तानी प्रक्रियाको सुधारसँगै उखुखेतीको क्षेत्रफल पनि विस्तार भएको छ। तीन वर्षअघि पाँच हजार बिघामा सीमित उखुखेती यसपटक नौ हजार बिघामा पुगेको छ। समयमै भुक्तानी र व्यवस्थापनले किसानहरूमा फेरि उखुखेतीको आकर्षण बढाएको छ, र यो प्रवृत्तिले आगामी वर्षहरूमा उत्पादन अझै वृद्धि हुने अपेक्षा गरिएको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij