
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः १ ( १६ पुष , २०८१) डिसेम्बर ३१, २०२४ , मंगलबार, बाँपीझ्याला ।चिनियाँ ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्ट ह्याक गरेको घटना बाहिरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार चीनको राज्य प्रायोजित ह्याकरले ट्रेजरी डिपार्टमेन्टको तेस्रो पक्ष सफ्टवेयर प्रदायकको प्रणालीमा प्रवेश गरी धेरै कर्मचारी वर्क स्टेशनहरू र केही अवर्गीकृत कागजातहरू प्राप्त गरेका छन् ।
यो चोरी डिसेम्बरको शुरुमा भएको थियो, जसको बारेमा अहिले कोष विभागले जानकारी दिएको हो । विभागले सांसदहरुलाई पत्र लेखेर जानकारी गराएको छ । यस ह्याकरलाई ‘ठूलो घटना’ भन्दै विभागले एफबीआई र अन्य एजेन्सीहरूले यसको परिणाम के हुन सक्छ भनेर संयुक्त रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij