
बद्री दाहाल
नेपाल सम्वत् ११४५, थिंलागाः १४, त्रयोदशी (१४ पुष, २०८१, २९ डिसेम्वर, २०२४) आईतबार, बाँपीझ्याला, दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ४ स्थित भीम मावि धनुकेको ६० औँ वार्षिकोत्सव (हिरक महोत्सव) तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।

६०औँ वार्षिकोत्सव तथा हिरक महोत्सवको सन्दर्भमा बिद्यालय परिवारले सप्ताह ब्यापी बिद्यालय स्तरीय खेलकुद कार्यक्रमहरु, शैक्षिक सम्बाद जस्ता प्रतिस्पर्धात्मक एबम रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको थियो ।

हिरक जयन्ती विद्यालयको मात्र उत्सव नभई त्यससँग जोडिएका विद्यार्थी, शिक्षक, अभिभावक, र स्थानीय समुदायको पनि गर्वको विषय हो । यस उत्सोबलाई विद्यालयले आफ्नो इतिहास, उपलब्धि, र योगदानको कदर गर्ने अवसरको रुपमा समेत लिदै बिद्यालयका संस्थापक, जग्गा दाता, चन्दा दाता ब्यक्ति तथा परिवार सदस्य तथा पुर्ब शिक्षक, पुर्ब ब्यबस्थापन समिति अध्यक्ष लगाएतलाई सम्मान समेत गरेको छ ।

सप्ताह ब्यापी कार्यक्रम आज पौष १४ गते ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर अधिकारीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ, विशेष अतिथीमा उपाध्यक्ष गायत्री आचार्य र वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । यसै गरी मेलुङ गाउँपालीका भित्रका ११ मावि, छिमेकी बिद्यालयहरुका प्रधानध्यापक एवं शिक्षक शिक्षिकाहरु स्थानीय शिक्षाप्रेमी बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।
यसै गरी बिद्यालय परिवार, अभिभावक, स्काउट टोली, स्वास्थ्य कर्मी, सुरक्षाकर्मीको उपस्थिति र पुरस्कार बितरण, सम्मान, स्काउट दिक्षान्त , नित्र्य प्रस्तुति सहित अनेरास्ववियु दोलखाले रेडक्रस दोलखा, पशुपति स्मृति अस्पताल चरिकोट र धुलिखेल अस्पताल दोलखासग समन्वयमा रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij