
नेपाल सम्वत् ११४५ थिंलागाः ९ ( ९ पुष , २०८१) डिसेम्बर २४, २०२४ , मंगलबार, बाँपीझ्याला । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लाहरूमा खपत हुन थालेको छ। जिल्लाको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला, र दुदिलाभाटी जस्ता क्षेत्रबाट उत्पादन हुने किबी बुटवल, काठमाडौँ, पोखरा, र नारायणगढसम्म बिक्री भइरहेको छ। किसानहरूले मूल्यमा गिरावट आए पनि किबीको माग बढ्दै गएको बताएका छन्।
काठेखोला गाउँपालिकाका किसान खिमानन्द कँडेलले दुई वर्षदेखि किबी खेती गर्दै आइरहेका छन्। १२ रोपनी क्षेत्रमा किबी लगाएका कँडेलले यस वर्ष मात्र एक हजार किलोग्राम किबी ठूला सहरहरूमा बजारीकरण गरेका छन्। यस्तै, काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछाने र बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले पनि यस वर्ष किबी बजार पठाएका छन्। किबीले वर्षौँसम्म आम्दानी दिने भएकाले किसानहरूको यसतर्फ आकर्षण बढेको छ। प्रारम्भमा प्रतिकिलो रु ६०० मा बिक्री हुने किबीको मूल्य हाल रु ३०० सम्म झरे पनि माग उच्च भएको छ। फलफूल व्यवसायीहरू अहिले बागलुङमै उत्पादित किबी बिक्री गर्न व्यस्त रहेको बताउँछन्।

निसीखोला–४ का लीला घर्तीले १२ रोपनीमा उत्पादन गरेको किबी सोझै बुटवल पठाएका छन्। घर्तीका अनुसार, किबी खेती एकपटकको लगानीले वर्षौँसम्म उत्पादन दिन्छ। स्वास्थ्यकर्मीका अनुसार किबीले गर्भवती महिला, रक्तचाप, मुटु रोगी, र रुघाखोकीका बिरामीलाई विशेष फाइदा पुर्याउने भएकाले यसको माग बजारमा अझै बढ्दै गएको छ। बसाइँसराइका कारण बाँझो भएको जग्गाको सदुपयोग गर्न किबी खेती उपयुक्त माध्यम बनेको छ। स्थानीय वडाध्यक्षहरूका अनुसार, उत्पादन बढ्दै जाँदा किसानहरू अझै उत्साहित भएका छन्।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij