Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ताप्लेजुङमा धान उत्पादन बढ्‌यो

ताप्लेजुङमा धान उत्पादन बढ्‌यो

नेपाल सम्वत् ११४५ थिंलागाः ८ ( ८ पुष , २०८१) डिसेम्बर २३, २०२४ , सोमबार, बाँपीझ्याला ।फुङ्लिङ (ताप्लेजुङ)- यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो ।

यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए । यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो । यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उनले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताए। अझ अधिक उत्पादनका निम्ति किसानलाई उन्नत बीउ, मलखाद र यन्त्रको उपयोगमा जोड दिन सुझाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार