Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

जयपुरमा ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

जयपुरमा ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नेपाल सम्वत् ११४५, थिंलागाः ६, पञ्चमी (६ पुष, २०८१, २१ डिसेम्वर, २०२४) शनिवार, बाँपीझ्याला । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् ।

यस घटनामा घाइते २७ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ भने ७ जना भेन्टिलेटरमा छन् । कांग्रेस नेता तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलट शनिबार अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै सचिन पाइलटले भने, ‘यो दुर्घटना एकदमै डरलाग्दो दुर्घटना थियो, जसका कारण हामी सबै दुःखी छौँ। यति ठुलो दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान होस् भन्ने चाहन्छु। यस विषयमा निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्छ।’

पाइलटले भने, ‘आगो लागेको र मानिसको ज्यान जानु हृदय विदारक छ। मानिसहरू ७० प्रतिशतसम्म जलेका छन्, उनीहरू आईसीयूमा भर्ना छन्। धेरैको ज्यान गएको छ। मलाई आशा छ कि यस्तो घटना फेरि कहिल्यै नहोस्।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार