
नेपाल सम्वत् ११४४ थिंलाथ्वः १५(३० मंसिर , २०८१) डिसेम्बर १५, २०२४ , आइतबार, बाँपीझ्याला ।यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ ।गत आर्थिक वर्ष २०८०/८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ ।
कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको उनले जानकारी दिए । रु १२ करोड लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो । ६४ जना शेयर सदस्यको रु चार करोड ८३ लाख शेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले रु पाँच करोड सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ ।
सिङ्गामा १७ परिवार किसानको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij