
नेपाल सम्वत् ११४४ थिंलाथ्वः १२(२७ मंसिर , २०८१) डिसेम्बर १२, २०२४ , बिहिबार, बाँपीझ्याला ।तनहुँको देवघाट गाउँपालिका–३ का कृषकहरू सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। यस वडाका बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, र दगरा गाउँबाट यस वर्ष करिब तीन करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने अनुमान गरिएको छ। कृषक भीमबहादुर रानाका अनुसार लुङ्ग्रिङमा मात्रै केही घरले २० लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन्।
विगतमा अन्नबाली नपुगेर समस्या झेल्नुपरेका यहाँका कृषकहरू अहिले सुन्तला बेचेरै आर्थिक रुपमा सम्पन्न भएका छन्। कृषक प्रेम थापाले सुन्तला खेती यहाँका किसानहरूको मुख्य आयस्रोत भएको बताए। तर, पछिल्लो समय सुन्तलामा विभिन्न रोग लाग्न थालेपछि कृषकहरू चिन्तित छन्। जितबहादुर थापाका अनुसार रोग नलागेको भए उत्पादन अझ बढी भई तीन करोडभन्दा धेरैको सुन्तला बिक्री हुने थियो।

यद्यपि, सुन्तला उत्पादन धेरै भए पनि यसलाई बजारसम्म पुर्याउन यातायात समस्या बनेको छ। त्रिशूली र सेती नदीमा पुल नहुँदा बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा र दगरा गाउँका कृषकहरूले जीप तथा रोपवे प्रयोग गरेर राजमार्गसम्म सुन्तला लैजानुपर्छ। लुङ्ग्रिङ र छिपछिपेका कृषकहरूले बुद्धसिंह मार्गको नाल्दीघाट वा गाईघाटसम्म जीपमा ल्याएर, झोलुङ्गे पुल तारेर राजमार्गमा पुर्याउँछन्। छापस्वाँरा र दगराका कृषकहरूले भने ग्राभिटी रोपवे प्रयोग गरेर सुन्तला बजारमा पठाउँछन्।
पुल नहुँदा ढुवानी खर्च महँगो भएको कृषक हरिकुमार श्रेष्ठको गुनासो छ। देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाका अनुसार गाउँलाई तीनतिरबाट नदीले घेरेका कारण पुल नहुनु यहाँको प्रमुख समस्या बनेको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij