
डा. जानुका न्यौपाने
जलवायु परिवर्तन र मौसम परिवर्तन दुई फरक तर उस्तै लाग्ने गर्छ हामीलाई । तर, यी दुई फरक प्रकृतीका परिवर्तन हुन । मौसम परिवर्तन भनेको हरेक वर्ष जाडो पछि गर्मी र गर्मी पछि जाडो हुने प्रकृया अर्थात् हिउँद पछि वर्षा र वर्षा पछि हिउँद आउने हो भने जलवायु परिवर्तन भनेको कुनै पनि ठाउँमा कम्तीमा पनि ३० वर्ष वा त्यो भन्दा बढी औसत वर्षा र तापक्रममा आएको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । त्यसको असर तथा प्रभाव मौसममा पनि देखापर्न सक्छ ।
जलवायु परिवर्तन कसरी हुन्छ ?
सूर्यका किरणहरु पृथ्वीमा पर्दछन् जस मध्ये केही भाग पृथ्वीले अवशोषित गर्छ भने केही भाग फर्केर जान्छ । त्यो फर्केर जाने क्रममा वायुमण्डलमा रहेका हरित गृह ग्याँसहरु जस्तै कार्वनडाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड, आदिले ती किरणहरुलाई रोक्दछ । यस्ता ग्याँसहरुको मात्रा कम हुँदा चिसो हुने र बढी हुँदा तातो हुने गर्दछ । वायुमण्डलमा बाक्लिएको हरित गृह ग्याँसले व्याल्ङ्केटको जस्तो काम गर्दछ अर्थात फर्किएको किरणहरुलाई यी ग्याँसहरुले रोकी वायुमण्डलमा तातोपन बढाउँछ । त्यसैले यी ग्याँसहरुले पृथ्वीमा भएका सम्पूर्ण मानव, जीवजन्तु आदिका लागि ज्यादै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर आजका दिनहरुमा मानवीय क्रियाकलापहरु जस्तै बढ्दो औद्योगीकरण, वन फँडानी, फोहोर, आदिबाट उत्पन्न हुने हरित ग्याँसहरुको अत्याधिक उत्सर्जन भइरहेको छ जसले गर्दा दिन प्रतिदिन पृथ्वीको तापक्रम बढ्दो देखिन्छ । यो सम्पूर्ण प्रक्रियालाई विश्वव्यापी उष्णीकरण (न्यिदब िध्बचmष्लन) भनिन्छ ।
जलवायु परिवर्तन, लैङ्गिकता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार बीच अन्तरसम्बन्ध कसरी रहेको छ ?
जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा पनि असर पारेको छ भन्ने तथ्य हिमाली तथा पहाडी भेगका नगर तथा गाउँपालिकाहरुमा केही समयदेखि गरिएको एक अध्ययनले देखाएको छ । जहाँ जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पाइएको छ । जस्तै छिटो महिनावारी हुने वा बन्द हुने, गर्भावस्थामा विभिन्न समस्या देखिने र गर्भपतन हुने, अटिज्जम भएका बालबालिका जन्मने, बाँझोपनामा वृद्धि आदि लगायतका थुप्रै स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु देखा परिरहेका छन् ।
जल, जमिन, जंगल, जडिबुटी लगायतका कृषि र माटोमा बढी महिलाहरु संलग्न रहनु र जलवायु परिवर्तनले समयमा वर्षा नहुने त्यसले गर्दा खेतीपातीमा असर गर्ने, बाढी, पहिरो, असिनापानीले पनि खेतीपाती नष्ट हुने र उपयुक्त खानपान नपाउँदा प्रजनन स्वास्थ्यमा समस्या परेको विभिन्न अध्ययनले पुष्टी गरेको छ ।
विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले जलवायु, लैंगिकता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी गरिएको नमूना अध्ययनले महिलाको प्रजनन स्वास्थ्य राम्रो बनाउन स्थानीय अनुकूलन योजना प्रभावकारी रुपमा लागू गर्नुपर्ने देखिएको छ ।
जलवायु परिवर्तनले उत्पन्न हुने प्राकृतिक विपत्तिबाट जोगिन महिलाहरु नै बढी सक्रिय हुनपर्ने भएकोले पनि प्रजनन स्वास्थ्यमा समस्या आउने गरेको पनि पाइएको छ ।
त्यसकारण हिमाली, पहाडी तथा तराई जुनसुकै क्षेत्रमा रहेका स्थानीय सरकारहरुले जलवायु परिवर्तन र त्यसबाट महिलाहरुमा परेको प्रजनन स्वास्थ्य सम्बन्धी समस्या न्यूनीकरण गर्न नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्ने जरुरी छ । महिलाको प्रजनन स्वास्थ्यमा असर पर्न नदिनका लागि खानेपानीको धारा, कुटानी पिसानी गर्ने मील बस्ती वा घर नजिकै बनाउनु पर्ने सुझाव दिएको छ । यस्तै गरेर ग्रामीण भेगमा भएका परम्परागत चुल्होले महिला र महिलाको पेटमा रहेको शिशुलाई समेत असर गर्ने भएकोले सुधारिएको चुल्होमा जोड दिनुपर्ने हुुन्छ ।
सुधारिएको चुल्होले महिला र बालबालिकाको स्वास्थ्यमा असर कम गर्छ नै वनजंगल पनि जोगाएर जलवायुलाई पनि ठिक ठाउँमा राख्न मद्दत गर्दछ । यस्तै गरेर महिलालाई विशेष सीप दिएर आयआर्जन तथा रोजगारी सृजना गर्नुुपर्छ साथै नगदे वाली लगाउन प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
नीतिगत औजार
विगत कैयन् वर्षदेखि विकासोन्मुख देशहरूले अनुकूलन तथा क्षति न्यूनीकरणलाई जलवायु परिवर्तनसँग जुझ्ने प्रमुख नीतिगत औजार बनाइरहेका छन् । तर अब त्यो मात्रै अपुग हुने धेरैले ठानेका छन् । विश्वव्यापी जलवायु परिवर्तन विषयका जानकारहरु भन्छन्, “गएको आठ–दश वर्षमा प्रभाव यति धेरै परेको छ कि अनुकूलनले मात्र यस समस्यालाई बेहोर्न सक्दैन । त्यसलाई धेरै कार्बन उत्सर्जन गर्ने देशहरूले क्षतिपूर्ति दिनुपर्छ भन्ने एउटा प्रबल धारणा अन्तर्राष्ट्रिय रूपमै छ ।”
“तर त्यो निकै विवादित पनि छ । कुनै क्षति भएको घटना जलवायु परिवर्तनकै कारण भएको भनेर यकीन गर्ने स्थिति नहुने हुनाले यसमा चुनौती पनि छ ।”
जलवायु परिवर्तनको मुद्दामा अति कम विकसित मुलुकहरूको तर्फबाट अब नेपालजस्ता देशले कार्बन उत्सर्जन घटाउन घच्घच्याउनका साथै ठूलो स्तरका हानिनोक्सानीका विषय पनि उठाउनु पर्ने हुन्छ ।
“त्यो विषय उठान गर्नु अत्यन्त महत्त्वपूर्ण छ । तर पहिलो प्राथमिकता चाहिँ कार्बन धेरै उत्सर्जन गर्ने देशहरूले त्यो घटाउन प¥यो । अनि बाँकी प्रभावसँग जुझ्न यस्ता विषयहरू पनि उठान गर्दै रहनुप¥यो,” त्यसका लागि हरेक छलफलमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनु अत्यावश्यक छ ।
संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी निकायले केहि समय अगाडि जारी गरेको अत्यासलाग्दो प्रतिवेदनमा पनि खासगरि कार्बन उत्सर्जनका कारण बढ्दो तापक्रमले मनसुनजस्ता मौसम प्रणाली खलबलिएको उल्लेख छ । अर्थात् अबका दिनमा बर्खा मौसम भनेको पानी परिरहने चार महिना होइन कि अत्यन्त धेरै पानी एकैपटक पर्ने र फेरि सुख्खा लाग्ने समयको रूपमा बदलिन सक्ने ठानिन्छ ।
साथै धेरै विपदको सम्मिश्रण हुने वा ‘कम्पाउन्ड’ विपदहरू अब झन् धेरै हुने वैज्ञानिकहरूले जनाइरहेका छन् । कतै माथि हिमाली क्षेत्रमा हिमताल विस्फोट हुने जसले तलतिर बाढी अनि पहिरो निम्त्याउने, पहिरोले खोला थुन्ने अनि तल्लो तटमा झन् ठूलो बाढी र डुबान ल्याउने जस्ता घटनाबारे उनीहरूले सजग गराइरहेका छन् । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असर झन् बढ्ता हुने बताइएको छ ।
त्यसकारण अनुकूलनमात्र पर्याप्त हुँदैन
यो सामान्य चेतावनी होइन । मौसममा आउने उथलपुथलले विगतमा जलवायु परिवर्तनका असरबाट बच्न अपनाइएका अनुकूलनका उपायहरू अब पर्याप्त नहुने र गरिब अनि न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकमा आइपर्ने “लस एन्ड ड्यामेज“ भनिने यस्ता ठूल्ठूला हानिनोक्सानीको कतैबाट लेखाजोखा र क्षतिपूर्ति हुनुपर्ने आवाज उठिरहेका छन् र निरन्तर उठाइरहनु पर्ने जरूरी छ । जलवायुजन्य हानीनोक्सानीका कुरा पनि हामीले जोडदारसँग उठाउँनु पर्ने कुरा बारे विकसित देशहरूसँग प्रतिबद्धता खोज्नु पर्छ । “अनुकूलन भनेको हाम्रो क्षमताले धान्न सक्ने बनाउने भनेको हो । बाँसको हाँगा नुह्यो भने त्यसलाई सिधा पार्ने भनेको जस्तो,“ हो भनेका छन् वैज्ञानिकहरूले ।
तर यहाँ त हाम्रो क्षमताले नधान्ने स्तरमा हानिनोक्सानी हुँदैछ । त्यसबारे विकसित देशहरूले सघाउन पर्ने अनि प्रतिबद्धता चाहिने हामीले देखेका छौँ ।” जलवायुजन्य हानिनोक्सानीको व्याख्या गर्नेगरी तथा त्यसको खाका बनाउने गरी अध्ययन गरिएको छ । “यसले क्षति कम गर्न वा हुनै नदिन केही सुझावहरू दिएको छ । क्षतिपूर्तिका निम्ति बीमा वा चेतावनी प्रणालीहरूको विकास गर्नेबारे त्यसमा उल्लेख छ, ।”
नीतिगत औजार
विगत कैयन् वर्षदेखि विकासोन्मुख देशहरूले अनुकूलन तथा क्षति न्यूनीकरणलाई जलवायु परिवर्तनसँग जुझ्ने प्रमुख नीतिगत औजार बनाइरहेका छन् । तर अब त्यो मात्रै अपुग हुने धेरैले ठानेका छन् । विश्वव्यापी जलवायु परिवर्तन विषयका जानकारहरु भन्छन्, “गएको आठ–दश वर्षमा प्रभाव यति धेरै परेको छ कि अनुकूलनले मात्र यसलाई बेहोर्न सक्दैन । त्यसलाई धेरै कार्बन उत्सर्जन गर्ने देशहरूले क्षतिपूर्ति गर्नुपर्छ भन्ने एउटा प्रबल धारणा अन्तर्राष्ट्रिय रूपमै छ ।”
“तर त्यो निकै विवादित पनि छ । कुनै क्षति भएको घटना जलवायु परिवर्तनकै कारण भएको भनेर यकीन गर्ने स्थिति नहुने हुनाले यसमा चुनौती छ ।”
जलवायु परिवर्तनको मुद्दामा अति कम विकसित मुलुकहरूको तर्फबाट अब नेपालजस्ता देशले कार्बन उत्सर्जन घटाउन घच्घच्याउनका साथै ठूलो स्तरका हानिनोक्सानीका विषय पनि उठाउनु पर्ने हुन्छ ।
“त्यो विषय उठान गर्नु अत्यन्त महत्त्वपूर्ण छ । तर पहिलो प्राथमिकता चाहिँ कार्बन धेरै उत्सर्जन गर्ने देशहरूले त्यो घटाउन प¥यो । अनि बाँकी प्रभावसँग जुझ्न यस्ता विषयहरू पनि उठान गर्दै रहनुप¥यो,” जलवायु सम्मेलनमा नेपालले पर्वतीय मुलुकहरू अनि अन्य विकासोन्मुख मुलुकहरूसँग मिलेर धारणाहरू राखेका छन् तर महिला सहभागिता न्यून रहेको छ । यस्ता सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरकै प्रतिनिधित्व गरिन्छ । तर, हालसम्म पनि नेपालमा वातावरण संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र त्यसको असर न्यूनिकरणका लागि महिला नेतृत्व तयार गर्ने, नीति निर्माण गर्ने कार्यमा महिला सहभागिता गराउने कार्यमा सरकारको ध्यान पर्याप्त पुग्नु जरूरी छ ।
सन्दर्भ सामाग्री
पूराना लेखहरू
बीबीसी नेपाली न्यूज
नेपाल सरकारको विपद् व्यवस्थापन सम्बन्धी रणनीति
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij