Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

एसएस फाउण्डेशनले दुर्गा माविको ६५ औ स्थापना दिवसको अवसरमा ब्याग र शैक्षिक सामग्री वितरण

एसएस फाउण्डेशनले दुर्गा माविको ६५ औ स्थापना दिवसको अवसरमा ब्याग र शैक्षिक सामग्री वितरण

नेपाल सम्वत् ११४५, थिलाथ्वः ६, षष्ठी (२२ मंसिर, २०८१, ७ डिसेम्वर, २०२४) शनिवार, बाँपिझ्याला, दोलखा । दोेलखाको शैलुुङ गाँउपालिका वडा नम्बर–४ मागादेउरालीमा रहेको दुर्गा माविको ६५ औ स्थापना दिवसको अवसरमा एसएस फाउण्डेशन काठमाडौँले चार सय पाँच वटा स्कूल ब्याग र शैक्षिक सामग्री वितरण गरेको छ ।

दुुर्गा माविका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गर्नुहुदै बागमति प्रदेशका सांसद भरत बहादुर केसीले विद्यार्थीको शैक्षिक उन्नतीको लागि एसएस फाउण्डेशनको सहयोग प्रशंसनिय रहेको बताउनु भयो ।

संस्थाको तर्फबाट एसएस फाउण्डेशनका संस्थापक शोभित उप्रेतीले विद्यार्थीहरुको लागि तयार गरिएको स्कूल ब्याग तथा शैक्षिक सामग्री फाउण्डेशनका दोलखा संयोजक नवराज खड्कालाई हस्तान्तरण गर्नु भएको थियो ।

विद्यार्थीहरुलाई संस्थाको तर्फबाट थोरै भएपनि सहयोग पुुग्ने अपेक्षा सहित फाउण्डेशनले देशका बिभिन्न ठाँउमा रहेका विद्यालयहरुलाई स्कूल ब्याग तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराउदै आएको फाउण्डेशनका संस्थापक एवम् शैलङुका स्थानीय शोभित उप्रेतीले बताउनुु भयो ।

दुुर्गा मावि व्यवस्थापन समितिका अध्यक्ष दिलकुुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैलुुङ गाँउपालिकाका अध्यक्ष रिमालबाबुु श्रेष्ठ, जिल्ला समन्वय समितिका पूर्व प्रमुख डबल पाण्डे, शिक्षा मन्त्रालयका शङ्करबाबुु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बालकृष्ण दहाल, एसएस फाउण्डेशन दोलखाका संंंयोजक नवराज खड्का लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक लगायतलाई सम्मान समेत गरिएको थियो । २०१६ सालमा स्थापना भएको विद्यालयलाई २०४० सालमा तत्कालिन शिक्षामन्त्री पशुपति शम्शेर राणाको पहलमा माध्यामिक विद्यालयको स्वीकृती प्राप्त भएको विद्यालयका प्रधानाध्यामक बालकृष्ण दहालले बताउनुु भयो । उक्त विद्यालयमा चार सय एक जना विद्यार्थी रहेका छन् ।

फोटो : चिरञ्जीवी मास्के

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार