Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

भीमेश्वर नगरपालीका वडा नं. ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भीमेश्वर नगरपालीका वडा नं. ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल सम्वत् ११४५, थिलाथ्वः ६, षष्ठी (२२ मंसिर, २०८१, ७ डिसेम्वर, २०२४) शनिवार, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. ५ स्थित स्वास्थ्य शिविर सम्पन्न भएको छ । भीमेश्वर नगरपालीका वडा नं. ५ को आयोजना, धुलिखेल अस्पताल दोलखा, दोलखा लायन्स सर्जिकल आई सेन्टर दोलखा र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको हो ।

वडा नं. ५ का वडाध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त शिविरको उद्घाटन सत्रमा बागमती प्रदेश सदस्य माननिय भरतबहादुर केसीको प्रमुख आतिथ्यता र भीमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेतको विशेष आतिथ्यता रहेको थियो । यसै यरी अतीथीहरुमा स्कुलका प्रधानध्यापकहरु, सामाजिक संघ–संस्था र सहयोगी संस्थाहरुको प्रमुख र प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

यही मंसिर २० र २१ गते संचालन भएको उक्त शिविरमा ६ सय जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भनी वडाध्यक्ष बासु श्रेष्ठले बताउनु भयो । भीमेश्वर नगरपालीका ५ भित्रका भीरीका सामुदायिक तथा संस्थागत विद्यालयका विधार्थीको दन्त परिक्षण, आँखा परिक्षण र रक्त समुह परिक्षण गरिएको थियो ।

यसरी स्वास्थ्य परिक्षण गरिएका मध्ये १३० जनाको दातमा, १७ जनाको आँखामा समस्या देखिएको छ भने २७० जनाको रक्त समुह परिक्षण गरि कार्ड वितरण गरिएको थियो । जस मध्ये ५ जनाको रगत समुह नेगेटिभ रहेको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

धरमघर स्थित बुढा भीमसेन माध्यमिक विद्यालयमा रहेको शिविरमा उक्त स्कुलका छात्रछात्रा र आँकुरा बोडिङ स्कुलका विद्यार्थीहरुलाई परिक्षण गरिएको थियो । यसै गरी महेन्द्रोदय माध्यमिक विद्यालय माटीमा रहेको शिविरमा उक्त स्कुलका छात्रछात्रा, विष्णु टोल प्रा.वि. र माथिल्लो माटी प्रा.वि.का छात्रछात्राहरुलाई परिक्षण गरिएको थियो ।

शिविरलाई शोभा बढाउनु पाल्नु हुने प्रमुख अतिथि बागमती प्रदेश सदस्य माननिय भरतबहादुर के.सी. विशेष अतिथी भीमेश्वर नगरपालीका उपप्रमुख कमला बस्नेत लगाएत सम्पुर्ण अतिथिहरुमा वडाध्यक्ष श्रेष्ठले हार्दिक आभार व्यक्त भएको छ ।

यसै गरी कार्यक्रममा सहयोग गर्नुहुने माटी स्वास्थ्य चौकि इन्चार्ज लगायत सहयोग टोली, शहरी स्वास्थ्य केन्द्र किराँतीछापको टोली, बुढा भीमसेन माध्यमिक विद्यालय धरमघर र महेन्द्रोदय माबि माटिलाई हार्दिक आभार सहीत धन्यवाद दिनु भएको छ ।

यसै गरी शिविर संचालनमा विशेष सहयोग गर्नु हुने धुलिखेल अस्पताल दोलखा, दोलखा लायन्स सर्जिकल आई सेन्टर दोलखा र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगी टोलीलाई शिविर सम्पन्न सहयोग गर्नु भएकोमा विशेष धन्यवाद सहीत आभार व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार