
नेपाल सम्वत् ११४५, कछलागाः २ (२ मंसिर, २०८१, १७ नोभेम्वर, २०२४) आईतबार, बाँपीझ्याला, दोलखा । दोलखाका युवा समाजसेवी तथा व्यवसायी राजन श्रेष्ठले भीम माध्यमिक विद्यालय दोलखाका लागि ५० हजार सहयोग प्रदान गरेको छ ।
बाल्यकालदेखि आफुले अध्ययन गरेको जिल्लाकै दोश्रो पुरानो स्कुल भीम माध्यमिक विद्यालयको शैक्षिक सुधारका लागि उक्त सहयोग गरेको थाहा भएको छ ।

समाजसेवी राजन श्रेष्ठ दिवंगत गुरु जगतनारायण श्रेष्ठका जेष्ठ सुपुत्र हुनु हुन्छ । दिवंगत गुरु जगतनारायण श्रेष्ठको भीम माध्यमिक विद्यालयको शैक्षिक क्षेत्र सुधार र अध्यापन क्षेत्रमा अपुरणीय योगदान रहेको छ ।
यसै गरी युवा समाजसेवी/ व्यवसायी श्रेष्ठ हाल भीम माध्यमिक विद्यालय व्यवस्थापन समितीको सल्लाहकार समितीमा रहन्दै सहयोग गर्दै आउनु भएको छ ।

समाजसेवी श्रेष्ठलाई शैक्षिक क्षेत्र सुधारका लागि सहयोग प्रदान गरेकोमा स्कुल परिवारको तर्फबाट हार्दिक आभार सहीत धन्यवाद व्यक्त गरिएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij