Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

समाजसेवी आत्माकृष्ण श्रेष्ठको सहयोगमा निर्मीत भीमपुस्तकालय पौष २७ गते विधिवत उद्घाटन गर्दै

समाजसेवी आत्माकृष्ण श्रेष्ठको सहयोगमा निर्मीत भीमपुस्तकालय पौष २७ गते विधिवत उद्घाटन गर्दै

नेपाल सम्वत् ११४४, ञलागाः ९, शुक्रवार (११ असोज २०८१) बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे स्थित भुकम्पले क्षती भई भग्नाभेष अवस्थामा रहेको भीम पुस्तकालय समाजसेवी बरिष्ठ ई.आत्माकृष्ण श्रेष्ठको विशेष सक्रियता र वित्तिय सहयोगमा रुपा फाउण्डेशनले पुनः निर्माण सम्पन्न गरिएको छ ।

यसरी सम्पन्न गरिएको पुस्तकालयको विधिवत उद्घाटन स्थापना दिवसको अवसर पारेर यही आउँदो पौष २७ गते २०८१ सालमा गर्ने भएको छ ।

यसरी सम्पन्न गरिएको भीमपुस्तकालय नेपाल सम्वत् ११४४, बछलागाः ९, शनिवार (१९ जेठ, २०८१) का दिन भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । यसरी पुस्तकालय निर्माण पश्चात वडाध्यक्ष स्टालिन श्रेष्ठलाई हस्तान्तरण सँगै गत २०८१ भाद्र ६ गते रुपा फाउण्डेशनका संरक्षक बरिष्ठ ईन्जिनियर समाजसेवी आत्माकृष्ण श्रेष्ठको आतिथ्यतामा दोलखाका युवा समाजसेवी रत्नबहादुर श्रेष्ठको अध्यक्षतामा एक समिती गठन गरिएको थियो ।

बरिष्ठ ईन्जिनियर समाजसेवी आत्माकृष्ण श्रेष्ठले आफ्नो व्यक्तीगत लगानीमा दिवंगत श्रीमती रुपा श्रेष्ठकी सस्मरणमा रुपा फाउण्डेशनको सक्रियतामा पुस्तकालय निर्माण सम्पन्न गरिएको हो ।

यसै गरी उक्त पुस्तकालयमा आवश्यक पुस्तक र फर्निचर खरीदको लागि समाजसेवी जेष्ठ नागरिक श्यामकृष्ण प्रधान तथा ईनु प्रधानको कान्छा सुपुत्र हाल अमेरीका निवासी रोचक प्रधान र श्रीमती लक्ष्मी प्रधानको नामबाट एक लाख सहयोग प्रदान गरिएको छ ।

यसरी युवा समाजसेवी रत्नबहादुर श्रेष्ठ विशेष सक्रियता र शान्त श्रेष्ठको पहलमा भीमपुस्तकालय दोलखाको आ.ब. २०८१/०८२ सम्मको नविकरण सम्पन्न गरिएको छ । साथै पुस्तकालय संचालनको लागि साहित्यकार अमरकुमार प्रधान, प्राध्यापक अमन श्रेष्ठ, प्राध्यापक ईन्जिनियर हरिदर्शन श्रेष्ठ, स्थानिय समाजसेवीद्वयहरु हर्कबहादुर श्रेष्ठ, सकुना मलेकु श्रेष्ठ र भोलाकुमार श्रेष्ठ रामेछापलाई सल्लाहकारमा मनोनयन गरिएको छ भनी अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताउनु भयो ।

साथै हाल भीमपुस्तकालयको पुरानो कितावहरुलाई सर–सफाई गरी दराजमा राख्ने काम सम्पन्न गरिएको छ । यसलाई थप व्यवस्थापनको लागि आफु र आफ्नो समितीका सदस्यहरु लागि परिरहेकोले समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो । यसै सिलसिलामा उपत्ययका स्थित दोलखाका संंघ–संस्था प्रतिनिधीहरुविच हिजो एवान क्याफे नयाँबजारमा एक बैठकको आयोजना गरिएको थियो ।

उक्त बैठकबाट सकारात्मक निर्णय भएको समेत बताउनु भयो । साथै भीमपुस्तकालय दोलखाको लागि चािहले आवश्यक सर–सल्लाह र सहयोगको लागि विशेषतः दोलखावासी र शिक्षाप्रेमी महानुभावमा सहयोगको लागि आग्रह सहित अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार