
नेपाल सम्वत् ११४४, ञलाथ्वः १३ (३१ भाद्र, २०८१) सोमबार, बाँपीझ्याला । २०८१ मा प्रदर्शन हुन लागेको नेपाली चलचित्र 'पूर्ण बहादुरको सारंगी'को आधिकारिक गीत 'काधेकुरी' हालै सार्वजनिक भएको छ । ७ सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको यो गीतले नेपाली दर्शकको मनलाई भावुक बनाउँदैछ ।
तीन मिनेट १४ सेकेन्ड लामो यो गीतमा नेपाली समाजको दुःखद यथार्थलाई चित्रण गरिएको छ, जहाँ एक गरिब बाबुले आफ्नो छोरालाई उच्च शिक्षा अध्ययनका लागि शहर पठाउँदा विदाईका मार्मिक पलहरू देख्न सकिन्छ । गीतले दुर्गम यातायातको समस्या र गरिब परिवारको सहरमा पठाउने सपनालाई वास्तविकता बनाउँछ ।

विजय बरालको मौन अभिनयले केही सेकेन्डमै गहिरो सन्देश प्रवाह गर्छ, जसले बाबुको दुखाइ र संघर्षलाई देखाउँछ । साथमा हेमन्त कान्छा रसाइलीको सारंगी वादन र कुन्दन शाहको मादलले गीतलाई अझ बढी मर्मस्पर्शी बनाएको छ ।
गीतमा कुनै ठूलो सेट, नृत्य, वा अतिरिक्त सजावट नभएको हुँदा यसले अभिनय र भावनालाई अझ प्रस्ट रूपमा उजागर गरेको छ। 'काधेकुरी' मा बाल्यकालका दृश्यहरू र गरिब बाबुको सहरमा छोरालाई पढाउने सपना बडो मन छुने ढंगले प्रस्तुत गरिएको छ, जसले सुन्नेहरूलाई आँसु बगाउन बाध्य बनाउँछ ।
गीतको सरलता, कथाको गहिराइ, र भावनात्मक अभिव्यक्तिले यसलाई धेरै मार्मिक र हृदयस्पर्शी बनाएको छ। यो गीतले दर्शकलाई चलचित्रको कथावस्तुमा अझ बढी उत्साहित बनाएको छ। 'पूर्ण बहादुरको सारंगी' चलचित्र कार्त्तिक १५ गते देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij