नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी (२२ साउन, २०८३, ७ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ । चर्चित फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको यो दोस्रो निर्देशकीय कथानक फिल्म हो ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के र अस्तित्व भट्टचन फिचर्ड छन् । गीतमा एसडी योगी र अञ्जु पन्त को स्वर रहेको छ भने शब्द सुरेन्द्र राना को रहेको छ । गीतको संगीत निर्देशन पनि एसडी योगीले गरेका हुन् ।
गीतको नृत्य निर्देशन सुरेन्द्र राई ले गरेका छन् भने रिकेश गुरुङ संगीत निर्माता रहेका छन् । प्रेम, संस्कृति र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘जलाकी’ ले मगर तथा गुरुङ समुदायको सांस्कृतिक पक्षलाई समेत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
निर्देशक अशोक थापा मगरको यसअघि आएको फिल्म ‘खुस्मा’ ले दर्शकमाझ राम्रो चर्चा पाएको थियो । सोही सफलतापछि निर्माण गरिएको ‘जलाकी’ प्रति पनि दर्शकको चासो बढेको छ । फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij