
नेपाल सम्वत् ११४४, यँलाथ्वः ५ (२३ भाद्र, २०८१) आईतबार, बाँपीझ्याला । गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको संख्या ३७ पुगेको छ ।
चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति (वाफा) लाई कुपोषण र खाध्य आपूर्तिको अभावका कारण बालिकाको मृत्यु भएको बताएका छन् ।
गाजामा ५० हजार भन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको युनिसेफले घोषणा गरेको थियो । संयुक्त राष्ट्रले गाजापट्टीमा मानवीय अवस्था दयनिय रहेको चेतावनी दिएको छ ।
गाजापट्टीका बासिन्दाहरूले अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गरिरहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij