
नेपाल सम्वत् ११४४, गुँलाथ्वः नवमी (३० साउन, २०८१) बुधबार, बाँपीझ्याला । तिजलाई लक्षित गर्दै साङ्गीतिक बजारमा गीतकार तथा साहित्यकार कमला न्यौपानेले नयाँ तिज गीत ‘बरिलै आउँदैन बार बार’ सार्वजनिक भएको छ ।
तिज गीतमा विकृति भित्रियो भनेर आलोचना भइरहेको समय न्यौपानेको गीत भने कलासंस्कृति जगेर्ना गर्ने र एकदम स्वच्छ र सबै परिवारसँग बसेर हेर्न मिल्ने खालको छ ।
आलोकश्रीको सङ्गीत रहेको गीतमा कुशल सिंहको सङ्गीत संयोजन छ । गीतमा गायिका बिन्दु परियारले स्वर दिएकी छन् ।

गीतको भिडियोमा जुना कार्की र रीचा थापाको अभिनय छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाङ्कन र विकास दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर गायक अनुप रेग्मी हुन् भने निर्माता डा. प्रकाश न्यौपाने रहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij