Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

दोलखा राजकुलेश्वरमा दिवंगत गुरु नर बहादुर श्रेष्ठको सालिक निर्माण गर्ने

दोलखा राजकुलेश्वरमा दिवंगत गुरु नर बहादुर श्रेष्ठको सालिक निर्माण गर्ने

नेपाल सम्वत् ११४४, दिल्लागाः १० ९१५ साउन, २०८१० मंगलबार, बाँपीझ्याला । भीमेश्वर नगरपालीका वडा नं। २ तल्लो टोल दोलखा स्थित राजकुलेश्वरमा दिवंगत गुरु नर बहादुर श्रेष्ठको स्मृतीमा सालीक निर्माण गर्नुका साथै उहाँको संस्मरणमा स्मारिका प्रकाशन गर्ने भएको छ ।

प्राचिन शहर दोलखामा विद्यालयहरु स्थापना नहुदै देखि शिक्षाको विजारोपन गर्नु हुने दिवंगत गुरु नरबहादुर श्रेष्ठले कखरा र हिसाबको प्रारम्भिक गुरुको रुपमा स्मरणीय हुनु हुन्छ । यसरी उहाँको सम्मान र स्मृतिमा राजकुलेश्वर विद्यालय परिसरमा सालिक निर्माण गर्ने र स्मृतीमा स्मारिका प्रकाशन गर्ने स्कुल व्यवस्थापन समितीको बैठकले पास गरेको छ भनी व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधानले बताउनु भयो ।

यस कार्यको लागि भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले नगद रासी रु. ५ हजार दिनु भई शुभारम्भ गर्नु भएको छ भनी अध्यक्ष प्रधानले जानकारी दिनु भयो ।

यसै गरी गुरु नरबहादुर श्रेष्ठका शिश्य स्कुल पूर्व विद्यार्थीहरु, पुर्व व्यवस्थापन समितिहरु, पुर्व प्रधानध्यापकहरु, पुर्व शिक्षक लगाएत सम्पुर्ण बुद्विजिवि, सरोकारवाला र सहयोगी महानुभावहरुलाई उक्त कार्य सम्पन्न व्यवस्थापन समिती र स्कुलको तर्फबाट अध्यक्ष प्रधानले हार्दिक आभार सहीत अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार