
नेपाल सम्वत् ११४४, दिल्लागाः ५, (१० साउन, २०८१), विहीवार, बाँपिझ्याला । बंगलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्यु खुकुलो बनाइएपछि तयारी पोशाक कारखाना र बैंकहरू पुनः खुलेका छन् ।
प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएका रिपोर्टअनुसार गत साताको हिंसामा कम्तीमा एक सय ८६ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।


शान्ति सुव्यवस्था कायम गर्न मुलुक वरपरका सहरहरूमा हजारौँ सैनिकले गस्ती गरिरहेका छन् र अधिकांश बङ्गलादेशी इन्टरनेटविहीन छन् । यद्यपि, धेरै दिनको अनियन्त्रित हिंसापछि सडकहरू शान्त देखिनासाथ सरकारी अनुमति प्राप्त भएपछि बङ्गलादेशको आर्थिकरूपमा महत्त्वपूर्ण कपडा कारखाना पुनः सञ्चालन भएका छन् ।
कपडा उद्योगले बङ्गलादेशका लागि वार्षिक निर्यात राजस्वमा ५० अर्ब डलर उत्पन्न गर्छ । यस उद्योगबाट एच एन्ड एम, जारा, ग्याप र अन्य प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि कपडा सिलाउन लाखौँ युवा महिलाहरूले रोजगारी पाएका छन् ।
बङ्गलादेश गार्मेन्ट मेनुफेक्चरर्स एन्ड एक्सपोर्ट्स एसोसिएसनका प्रवक्ताले कपडा कारखानाहरूले ‘देशभर’ व्यवसाय पुनः सुरु गरेको बताए । हसिनाका गृहमन्त्री असदुज्जामान खान कपडा मजदुरहरूलाई काममा फर्कन अनुमति दिन जारी कर्फ्युबाट छुट दिन सहमत हुनुभएको एसोसिएसनका प्रवक्ताले बताए ।

केही व्यवसायलाई पुनः सुरु गर्न बुधबार करफ्युलाई खुकुलो पारिएको छ तर अधिकांश बङ्गलादेशीका लागि हरेक दिन १९ घन्टासम्म करफ्यु प्रभावकारी रहन्छ ।
सरकारका प्रवक्ता शिबली सादिकका अनुसार बैंक, राजधानी ढाकामा स्टक एक्सचेन्ज र केही सरकराी कार्यालय पनि स्टे होम अर्डरमा दैनिक ब्रेक मिलाउन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij