Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

डा. रमेशसिंह भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण सफल

डा. रमेशसिंह भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण सफल

नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ९ नवमी, (३१ असार, २०८१) सोमबार, बाँपिझ्याला । नेपाली चिकित्सकको मात्र संलग्नतामा मुलुकभित्र ६ जना व्यक्तिको सफल कलेजो प्रत्यारोपण सफल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा प्रत्यारोपण गरिएको हो।

पछिल्लो पटक ३० वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको सर्जन प्रा.डा. भण्डारीले बताए। ती पुरुषलाई २७ वर्षीया पत्नीले कलेजो दान दिएकी थिइन्।

विदेशी र नेपाली चिकित्सकले संयुक्त रूपमा हालसम्म अस्पतालमा १५ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छन्। समग्रतामा १५ जनाको कलेजो प्रत्यारोपण गरे पनि नेपाली चिकित्सककै अग्रसरतामा ६ जनाको कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए।

डा. भण्डारीको अगुुवाइमा २०७६ जेठ १८ गते शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो। नेपालमा पहिलो पटक ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण पनि डा. भण्डारीकै नेतृत्वमा भएको थियो।

२०७४ साल साउन १ गते पहिलो पटक कलेजो प्रत्यारोपण भने भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा भएको थियो। पहिलो पटक गरिएको प्रत्यारोपणमा भारतीय सर्जनको सहयोग रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार