Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन, ट्रम्पमाथि भएको हमलाको निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन, ट्रम्पमाथि भएको हमलाको निन्दा

नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ९ नवमी, (३१ असार, २०८१) सोमबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा गरेको सम्बोधनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । उनले यस आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

उनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भने, ‘हामी यो बाटोमा जान सक्दैनौँ। यसमा हामी जानु पनि हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौँ।’

ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिँदै अमेरिकामा चर्को राजनीतिक बयानबाजीको यो समयमा ‘शान्त’ बस्ने समय आएको बताए । यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन्। धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पको विरुद्ध विभाजनकारी भाषणलाई बढवा दिएको आरोप लगाएका छन्।

पेन्सिल्भेनियाको एक र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलापछि बाइडेनले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए। एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार