नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ८, (२९ असार, २०८१) आइतबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।
ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् । यस घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् ।
गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलमै सुरक्षाकर्मीले गोली हानेका थिए । र उनको मृत्यु भएको बताइएको छ ।
ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफु सुरक्षित रहेको बताउँदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij