
नेपाल सम्वत् ११४४, दिल्लाथ्वः ७, (२९ असार, २०८०) शनिबार, बाँपिझ्याला । केही दिनदेखिको अविरल वर्षाका कारण सहरका उपभोक्ता महँगोमा तरकारी किन्न बाध्य छन् । तरकारी महँगो भएको गुनासो दिनहुँ सुनिन थालेको छ ।
उता, गाउँमा तरकारी फलाउने किसानका गुनासो बेग्लै छ । उत्पादन भएका तरकारी सहर पुर्याउन नसक्दा बारीमै कुहिएको टुलुटुल हेर्ने बाहेक उनीहरूसँग विकल्प पनि छैन ।

काठमाडौं जडीबुटीको तरकारी बजार पुगेका सीताराम शिवाकोटी तरकारी भाउ सुनेर अक्क न बक्क परे । गोलभेँडा किलोको १ सय ६०, काउली १ सय ४० रुपैयाँ…। उनले नियमित किन्ने पसल छाडेर ठेलावालासँग सोद्धा पनि उस्तै मूल्य पर्न गयो ।
‘एक छाक तरकारीको मूल्य २ सयभन्दा धेरै भएपछि भान्सा कसरी चल्छ ? कालोबजारी हो कि महँगी नै यस्तो हो ?,’ शिवाकोटीको प्रश्न छ ।
अविरल वर्षाका कारण किसानलाई हरियो तरकारी उत्पादन तथा ढुवानीमा समस्या भइरहेको छ । मकवानपुर भीमफेदी गाउँपालिकाका ग्रामीण कृषि सडक अवरुद्ध हुँदा त्यहाँ उत्पादित तरकारी बजार आउन सकेको छैन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij