
नेपाल सम्वत् ११४४, ११४४ दिल्लाथ्वः ५, (२७ असार, २०८१), बिहिबार, बाँपिझ्याला । इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले बुधबार अक्टोबर ७ को आक्रमणपछि गाजा युद्धमा हमासका ६० प्रतिशत लडाकू ‘मारिएका वा घाइते भएका’ बताएका छन् । ग्यालेन्टले द्वन्द्वको पहिलो नौ महिनामा संसद्मा दिएको बयानमा इजराइल हमासलाई समाप्त गर्न र सबै बन्धकलाई गाजाबाट फिर्ता ल्याउन आफ्नो युद्ध लक्ष्यलाई पूरा गर्न ‘दृढ’ रहेको पुनः पुष्टि गरेका हुन् ।

उनले ‘समर्पण, बलिदान र सफलताका साथ आफ्नो काम गर्ने’ इजराइली सैनिकहरूको प्रशंसा गर्दै ‘धेरै उपलब्धि’ हासिल भएको बताए । इजराइलले उत्तरमा गाजा सहर र दक्षिणमा रफाह तथा खान युनिस वरपर ठूलो नयाँ आक्रमण सुरु गरेको छ । यद्यपि इजराइलले हमाससँगको युद्धविराम वार्ता गर्ने सर्तहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग सम्पर्क पनि सुरु गरेको छ ।
ग्यालेन्टले भने, ‘हामीले हमासका ६० प्रतिशत लडाकूहरूलाई मारेका छौँ वा घाइते बनाएका छौँ र यसका २४ बटालियनमध्ये अधिकांशलाई ‘नष्ट’ गरेका छौँ ।’ उनले हताहतको आँकडा दिएनन् र इजराइली सेनाले तत्काल आफूसँग आँकडा नभएको बताएको छ ।

अक्टोबर ७ को आक्रमणपछि धेरै मुलुकले इजराइलसँग ऐक्यबद्धता व्यक्त गरे पनि सरकारले गाजालाई विनाश गरेको सैन्य अभियानका लागि आलोचनाको लहरको सामना पनि गर्नुपरेको छ ।
इजराइल आफ्नो लक्ष्यमा कायम रहने ग्यालेन्टले बताए । ‘हामीले आधा बन्धकहरूलाई फिर्ता गरिसकेका छौँ र बाँकीलाई फिर्ता गर्न प्रतिबद्ध छौँ’ उनले भने, ‘सुरक्षा प्रतिष्ठान र मैले यसको नेतृत्व गरेको छु । युद्धको लक्ष्य हासिल गर्न र पूरा गर्न म प्रतिबद्ध छु ।’
इजराइली आक्रमण अस्वीकार्य : फ्रान्स
यसैबीच फ्रान्सले बुधबार गाजामा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिने विद्यालयहरूमा इजराइलको हालैको घातक हवाई आक्रमणको निन्दा गर्दै त्यस्ता रणनीतिहरूलाई ‘अस्वीकार्य’ घोषणा गरेको छ ।
‘हामी यी आक्रमणको पूर्ण छानबिन गर्न माग गर्दछौँ’, पेरिसस्थित विदेश मन्त्रालयले मङ्गलबार दक्षिणी सहर खान युनिस नजिकै एक विद्यालयमा भएको आक्रमणलाई सन्दर्भित गर्दै विज्ञप्तिमा भनेको छ, ‘विद्यालयहरू विशेषगरी युद्धका कारण विस्थापित भएका नागरिकहरूलाई निशाना बनाइनु अस्वीकार्य छ ।’

‘हामी इजराइललाई सैन्य अपरेसनको सञ्चालनमा नागरिकहरूको रक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानून विशेषरूपमा समानुपातिकता र भिन्नताका सिद्धान्तहरूको पूर्ण सम्मान गर्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ । पछिल्लो चार दिनमा आश्रयस्थलका रूपमा प्रयोग गरिएका चार विद्यालयमाथि घातक आक्रमण हुँदा अन्तर्राष्ट्रिय आक्रोश बढेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij