
१३ असार , बाँपीझ्याला, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ ।
दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् । २ लाख ४२ हजार ३१३ नन ग्रेडमा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड वृद्धिमा सामेल हुन पाउने छन् ।

बोर्डका अनुसार एक विषयमा नन ग्रेड पाउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ भने दुई विषय लाग्ने ४७ हजार ९३८ जना छन् ।
आज सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij