
११४४ तछलाथ्वः ७, बिहिबार (३१ जेठ, २०८१ विहीवार) बाँपिझ्याला । बागमती प्रदेश दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखा प्राचिन नगर परिसरमा रहेको श्री राजकुलेश्वर आधारभूत विद्यालयमा विगत १० वर्षदेखि अध्यापन र विद्यालय व्यवस्थापन आफ्नो ठाउँबाट सहयोग दिइ इमान्दार र अनुशासित ढंगबाट सेवा पुर्याउँदै आइरहेका शिक्षक श्री प्रकाश दाहाललाई स्कुलले विदाई कार्यक्रमको आयोजन गरी विधी पुर्वक विदाई दिएको छ ।

विद्यालयका लामो समयसम्म आÏनो कार्य क्षमता र दक्षता प्रस्तुत गर्ने अन्तरइच्छा हुँदाहुँदै पनि आÏनै आन्तरिक र व्यावहारिक दुरीका कारण सो विद्यालयबाट विदा लिन बाध्य भएको कारण दर्शाएर विद्यालय व्यवस्थापन समिती समक्ष पेश गरिएको निवेदनमाथि मध्यनजर राखेर सो समितिले स्वीकृति दिए पछि उनलाई विशेष समारृोहको आयोजना गरी आज विदाइ गरिएको हो ।

यस आज जेठ ३१ गते राजकुुलेश्वर स्कुलकै सभाकक्षमा विशेष कार्यक्रमका साथ आयोजन गरिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधानको सभापतित्व संचालन भएको कार्यक्रममा प्रमुख अतिथि सोही स्कुल व्यवस्थापन समितिका प्रमुख सल्लाहकार एवम् द्वाल्खा नेपाल भाषा खलकका अध्यक्ष ईन्जिनियर नहेन्द्र प्रधानको आतिथ्यता रहेको थियो । यसै गरी विशिष्ठ अतिथिमा नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता बरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान र दोलखाकै जेष्ठ नागरिक एवम् संस्कृतिप्रेमी यज्ञकुमार प्रधान रहेका थिए ।
समारोहमा अतिथिका रूपमा सामाजिक अभियन्ताहरू देवेन्द्रनारायण प्रधान, सिविन नेपालका अध्यक्ष माधवनारायण प्रधान तथा दोलखाली साहित्यकार अमर प्रधान र ईन्जिनिय राष्ट्रभुषण प्रधानको उपस्थिती रहेको थिए ।

प्रधानाध्यापक कुमारी जोशी चाकुबजीले उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतीथी लगायत अभिभावकहरुलाई स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नहेन्द्र प्रधान, विशेष अतिथी मुक्तीनारायण प्रधान र कार्यक्रमका सभापति लगायत मञ्चमा आसीन व्यक्तित्वहरूको सामुहिक सम्मान सहित निवर्तमान प्रधानध्यापक प्रकाश दाहाललाई खादा माला, दोसल्ला र सम्मानपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो ।

सो विदाई एवम् छात्रवृत्ति कार्यक्रममा प्रमुख अतिथिबाट सोही विद्यालयमा अध्ययनरत जेहेन्दार, दलित वर्ग र अति सिमाङ्कृत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । आजको सो समारोहलाई विशिष्ट अतिथि पूर्व महान्यायाधीवक्ता मुक्तिनारायण प्रधान, प्रमुख अतिथि नहेन्द्र प्रधानले लगायतले शुभकामना मन्तव्याबाट सम्बोधन गर्नु भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij