नेपाल सम्वत् ११४४, बछलागाः ९, शनिवार (१९ जेठ, २०८१) बाँपिझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा फेर उत्सव कृषक प्रोत्साहन पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । भीमेश्वर नगरपालीका र रुपा फाउण्डेनको आर्थिक सहयोग, भीमेश्वर नगरपालीका वडा नं. २ को समन्वय र फेर प्रथा तथा कृषि प्रवद्र्धन समितीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कृषकहरुलाई आत्म निर्भर र उत्प्रेरित गर्ने उद्देश्यल आजभन्दा तिन बर्ष अगाडीदेखि शुरु गरिएको फेर उत्सव तथा कृषक प्रोत्साहन कार्यक्रमबाट उत्कृष्ठ कृषकहरुलाई सम्मान रुपा फाण्डेशनका अध्यक्ष समाजसेवी आत्माकृष्ण श्रेष्ठले सम्मान गरिएको छ । यसरी सम्मान हुनेहरुमा बर्ष भरीमा बढी धान उत्पादन गर्ने मध्ये उत्कृष्ठ कृषक शान्त बहादुर विकलाई नगद रासी रु. ७ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

यसै गरी तरकारी उत्पादनमा कृषी विज्ञ रामचन्द्र श्रेष्ठ र पूर्ण बहादुर श्रेष्ठलाई नगद रासि रु. ३/३ हजार र प्रमाण पत्र प्रदान गरिएको छ भनी समाजसेवी शान्त श्रेष्ठले बताउनु भयो ।
यसै गरी भीमेश्वर नगरपालीकाको सहयोगमा प्रथम हुनेमा भीनपा–२, दुंगल निवासी मंगल बहादुर श्रेष्ठको समूहलाई मकै छोराउने मेसिन, द्धितिय हुने भीनपा –२, सियउटारा निवासी बिर्ख बहादुर थामीको समूहलाई फलामे हलो, तृर्तिय हुनेमा भीनपा–२ कोर्छे निवासी बिर बहादुर कुसुलेको समुहलाई ईलेक्ट्रोनिक बिषाधी छर्ने स्प्रे र सान्त्वना तिर्थमान श्रेष्ठको समूहलाई फलामे हलो प्रदान गर्नुका साथै प्रमाण पत्र प्रदान गरिएको छ भनी कार्यक्रम संचालक युवा समाजसेवी नरेन्द्र श्रेष्ठले बताउनु भयो ।



फेर प्रथा तथा कृषि प्रवद्र्धन समितीका संयोजक हर्कबहादुर श्रेष्ठको सभापतीत्व, दोलखा जिल्ला समन्वय समितीका प्रमुख बर्जुराम घतानेको प्रमुख आतिथ्यता, भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धर र रुपा फाण्डेशनका अध्यक्ष आत्माकृष्ण श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

यसै गरी अतिथीहरुमा भीमेश्वर नगरपालीका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ, नेवाः देय् दवुका बागमती प्रदेश प्रतिनिधी केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ, ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाका कार्यकारी अधिकृत पुर्षार्थ श्रेष्ठ, कृषि विकास प्रमुख लगायत अन्य विशिष्ट व्यक्तित्व र स्थानिय कृषकहरुको उपस्थिती रहेको थियो ।
यसको साथै अन्तमा फेर भोजको आयोजना गरिएका थियो । कार्यक्रम युवा समाजसेवी नरेन्द्र श्रेष्ठले संचालन गरिएको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij