
१४ जेठ, बाँपिझ्याला, काठमाण्डौं । कीर्तिपुर नगरपालिकाका सम्पूर्ण विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण गराएका छन् ।
जेठ ११ गते शुक्रबार कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई नेवाः बस्ती नेवाः स्कुल अभियान संयोजक र नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले बाग्मती प्रदेशमा नेपालभाषा र तामांग भाषा सरकारी कामकाजी भाषाका रूपमा लागू भएकाे तथा स्थानीय भाषा ऐन मुताविक कीर्तिपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी र निजी विद्यालयका तल्लाे तहदेखि माथिल्लाे तहसम्म नेपालभाषा अनिवार्य रूपमा अध्यापन गराउनुपर्नेमा जाेड दिएका छन् ।

उनीहरूका अनुसार कीर्तिपुर नगरपालिकाका सम्पूर्ण सरकारी विद्यालयमा जस्तै सम्पूर्ण निजी विद्यालयहरूमा नेपाल भाषा सशक्त ढंग अध्ययन अध्यापन गराउनुपर्ने बिषयमा छलफल भएकाे छ।
यसका अलावा स्थानीय तहमा नेपालभाषा व्यवस्थित ढंगबाट कक्षा संचालन बारेमा जानकारी गराउन नेपालभाषा अनुगमन विभाग गठन गरी बेलाबखत अनुगमन गर्नुपर्नेमा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई ध्यानाकर्षण गराएका छन् ।
नेपाल भाषाकाे पाठ्यक्रमकाे सवालमा उपमेयरले कक्षा चारसम्मका पाठ्यपुस्तक प्रकाशित भई कक्षा सरकारी विद्यालयमा अनिवार्य रूपमा अध्यापन भइरहेकाे जानकारी गराए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij