
२३ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी दिएका हुन् ।
भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको उनले बताए ।


‘मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा–जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।
आगामी बुधवारदेखि रेल सेवा साविक बमोजिम नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij