
बाँपिझ्याला, काठमाण्डौं । नव बर्ष २०८१ को अवसर पारेर समाजसेवी सकुना श्रेष्ठ मलेकुको आठौं प्रस्तुती “राम भजन” आज सोमबारदेखि युवट्युवबाट सार्वजनिक गरिएको छ ।
नेपाली महिला दिदीबहीनीहरु र हिन्दु धर्म प्रति आस्थावान भक्तजन महानुभावहरुलाई लक्षित गरी यो “राम भजन संग्रह” बाहिर ल्याएकोले नेपाली सांगितीक क्षेत्रमा यो भजन संग्रहले नयाँ आयाम ल्याउनुका साथै भक्तजनहरुलाई विशेष सहयोग पू¥याउने कुरामा समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकु आशावादी रहेको बताउनु हुन्छ ।

यस भजन संग्रह सुनी शेयर, लाईक र सष्क्राईभ गरी दिनु उहाँले आग्रह सहित अनुरोध गर्नु भएको छ ।
यस “राम भजन संग्रह” को गायनमा समाजसेवी सकुना श्रेष्ठको आफ्नै गायन रहेको छ । यसै गरी संगीतमा मञ्जु उपासना, शव्दमा होमबहादुर सुनार (एच.वि.सुनार), एरेन्जमा विष्णु अधिकारी र स्टुडियो ओपल रहेको छ ।
अभिनयमा सकुना श्रेष्ठ मलेकु आफैले अभिनय गर्नु भएको छ । यसै गरी उहाँलाई साथ दिनेमा गायक आनन्द कार्की, होमबहादुर सुनार (एच.वि.सुनार) र अञ्जु सुनार रहेको छ ।
भजन संग्रह छाँयाङ्कनमा दिनेश मुस्कान, ड्रोनमा विशाल लामा, अडियो ग्राफरमा संगम विष्ट रहेको छ भने भजन संग्रहको निर्देशनमा होमबहादुर सुनार (एच.वि.सुनार) को रहेको छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij