
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले निर्माण गर्नुभएको ‘प्रशंसा’ नामक नयाँ गीत काठमाडौंमा विमोचन गरिएको छ ।
बुधबार काठमाडौंको होसन्ना चर्चमा आयोजित एक कार्यक्रमबीच कर्णप्रिय स्वरकी धनी इसाई संगितका अग्रज गायिक सलोमी तिमोथी र होसन्ना सेवकाई नेपालका पास्टर सुन्दासले संयुक्त रूपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् । नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि बनेको ‘प्रशंसा’ गित नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो ।

गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गित प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् । होसन्ना मण्डलीको वार्षिक पद पनि रहेको सो गितमा बाइबलको पदले भनेजस्तै, हामी उहाँको दायाँप्रति सधै प्रशंसनीय हुनुपर्दछ भन्ने विशेष सन्देश दिन खोजिएको छ ।
प्रसाद फिल्मको लै लै गीतका शब्दकार समेत रहेका गणेश शाहीले निर्देशन गरेको म्युजिक भिडियोमा होसन्ना चर्च सेवकाईका हन्ना वादी, एस्तर वादीको अभिनय रहेको छ ।
दिनेश पराजुली र विशाल थापाले छायांकन गरेको गीतको भिडियोलाई रंगविद तथा सम्पादक दिन्सन शाहले सम्पादन गरेका हुन् । यो गीत https://www.youtube.com/@dmmnepalofficial DMM Nepal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रशंसा गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको निर्माता पास्टर सुन्दासले बताउनुभयो । उहाँले यस गितद्धारा नेपाली चर्चका लागि उत्साहयुक्त, प्रेरणायुक्त र सन्तुष्टियुक्त रहेकाले गितमा प्रभुप्रतिको प्रेम, आदर सम्मानलाई झल्काएको र ख्रीष्टको पवित्रता र सत्यतालाई घोषणा गर्न सहयोग पुगेको दाबी गर्नुभयो ।
गितको समिक्षा गर्दै ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका सचिव तथा रातोपाटीन्यूजका सम्पादक निरोज तोलाङेले यस गितले ह्दयका गहिराईमा इश्र्वरप्रतिको आदर र भक्तिभावलाई सम्बोधन गर्न सफल रहेको बताउनुभयो ।
विमोचन कार्यक्रमका प्रमुख अतिथि इसाई जगतकी चर्चित गायिका सलोमी तिमोथीले प्रशंसा गीतद्धारा परमेश्वरको महिमा भएकोमा खुशी व्यक्त गर्नुभयो । ‘निकै मिहेनत परिश्रमबाट निर्माण गरिएको गीतको भिडिओ निर्माण बाइबलीय जगमा रहेकोले शब्द, संगित र गायनमा अडियो अनुसार भिडिओ निर्माणमा कुनै कमी भएको देखिदैन, गीतको सफलताको शुभकामना दिन चाहन्छु,’ प्रमुख अतिथि तिमोथीले भनिन, ‘साथै गायिका ममता गुरुङज्यूको सुमधुर स्वरले गितलाई विशेष सम्बोधन गरेको छ, पास्टर राजु सुन्दास जी यसअघि पनि निकै राम्रो गीत दर्शक तथा स्रोतामाझ ल्याइराख्नु भएको सर्जक हुनुहुन्छ, यो गीत पनि लोकप्रिय बन्ने देख्छु ।’

विमोचन कार्यक्रममा पुजार सार्की चलचित्रका निर्माता वरिष्ठ संगितकार सुवास भुषाल, ५ हजार भन्दा बढी भिडियोहरु सम्पादन गरिसक्नुभएका वरिष्ठ भिडियो सम्पादक टेकेन्द्र शाह, पत्रकार दिनेश श्रेष्ठ, ज्योति घर नेपालका अध्यक्ष फूर्पा छिरिङ लामा, एजुकेट नेपालका अध्यक्ष रामकृष्ण मिजार, हाम्रो घर नेपालका अध्यक्ष देवीसरा वादी (हन्ना)लगायतका अतिथिहरु उपस्थित थिए ।
‘प्रशंसा’ नामक गित हृदयको अन्तस्करणदेखि धन्यबाद सहितको हृदयभक्ति पूर्ण गित हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij