Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ सार्वजनिक

संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ सार्वजनिक

१३ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन्। सञ्जु अधिकारीको शब्द रहेको गीतमा डेभिड शंकर र अस्मिता अधिकारीले स्वर दिएका छन्। शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

चर्चित गायक डेभिड शङ्कर र गायिका अस्मिता अधिकारीले स्वर दिएको गीतमा माया पिरतीका गाथा गाईएको छ। आलोकश्रीको सङ्गीत संयोजन रहेको गीत गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको हो।

प्रेम जोडीले एकअर्काको प्रशंसा गरेको शब्दहरु समेटिएको गीत निकै कर्णप्रिय छ। गीत लिरिकल भिडियो निर्माण गरेर बाहिर ल्याइएको हो। गीत आफ्ना अघिल्ला गीतहरु जस्तै सबैको मनमा बस्न सफल हुने विश्वास संगीतकार आलोकश्रीको रहेको छ।

https://youtu.be/uVeSFUWVcZk

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार