
५ माघ, बाँपीझ्याला, काठमाण्डौं शिक्षाविद्हरूले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्नेमा सुझाव दिएका छन् । प्रतिनिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकका बारेमा धारणा राख्दै शिक्षाविद्हररूले संशोधनमात्रै नभई विधेयकको पुनर्लेखन आवश्यक रहेको बताएका हुन् ।

विद्यालय शिक्षा विधेयकमा शिक्षाको गुणस्तर, शिक्षण सिकाई प्रक्रिया, प्रक्रियामुखी वा परिणाममुखी शिक्षा बनाउने, लगानी, जिम्मेवारी लगायतका धेरै विषय स्पष्ट नभएकाले धेरै विषय पुनर्लेखन गर्न आवश्यक रहेको शिक्षाविद्हरूको सुझाव थियो । शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले समितिले शिक्षा विधेयकलाई संशोधनमात्रै गर्ने भए सुझाव दिनु बेकार हुने भन्दै पुनर्लेखन गर्न सुझाव दिए । उनले शिक्षा विधेयकलाई ऐन बनाउने कि मापदण्डमात्र बनाउने ? भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए ।

विधेयकमा विद्यार्थीलाई पढाउनको लागि साँच्चै शिक्षक कस्तो हुने भन्ने विषयमा समेत स्पष्ट रुपमा लेखिनुपर्ने उनको भनाइ थियो । उनले शिक्षकलाई शिक्षण सिकाई प्रक्रियामा तयार गर्ने डिजाइनका विषयमा समेत विधेयकमा राख्नुपर्नेमा जोड दिए । उनले शिक्षकलाई सहयोग गर्ने धेरै कुराहरू विधेयकमा रहेको भन्दै सुविधा दिने विषयमा सोच्नुपर्ने बताए ।\उनले विधेयकमा गुठीको विषय रहेको भन्दै गुठीमात्रै उत्तम विकल्प नभएको बताए । उनले गुठीका विद्यालयहरूले शिक्षकलाई न्याय गरे पनि समाजलाई न्याय गर्न नसकेको बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij