Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक

गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक

२० पुष, बाँपीझ्याला, काठमाण्डौं । गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने सङ्गीत गायिका स्वयंकै रहेको छ।

एउटा मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक परिवर्तनलाई गीतमा शब्द मार्फत उतारिएको छ। गीतको भाव अनुसारकै सङ्गीत छ।

गीत निकै सरल छ। त्यसो त, गीतको भिडियो पनि निकै सरल छ। कुनै तामझाम छैन भिडियोमा। सामान्य स्टुडियो भर्सनमा भिडियो निर्माण गरिएको छ। भिडियोमा गायिका स्वयं फिचर्ड छिन्। भिडियोमा उनले गरेको लिप्सिङले दर्शकहरु प्रत्यक्ष गीतको अडियोसँग केन्द्रित हुन्छन्।

https://youtu.be/CUaHB59rXcU

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार