
२७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल युद्धविरामको माग गरेको छ । मंगलबार महासभामा भएको मतदानमा बहुमतले गाजामा तत्काल युद्धविरामको माग गरेको हो । महासभाबाट बहुमतले पारित भएको प्रस्तावमा तत्काल मानवीय युद्धविराम, सबै बन्धकलाई बिनाशर्त तत्काल रिहा गर्न र मानवीय पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।

यसरी युद्धविराम प्रस्तावको पक्षमा नेपाल, भारत, चीन, रुस, जापान, अस्ट्रेलियालगायतका १ शय ५३ मुलुकले मतदान गरेका छन् । प्रस्तावको विपक्षमा इजरायल, अमेरिका, अस्ट्रियालगायतका १० देशले मतदान गरे । त्यस्तै अर्जेन्टिना, युक्रेन, जमर्नी, बेलायतलगायतका २३ देश भने मतदानमा अनुपस्थित रहेका थिए ।

इजरायल र हमासबीच गत अक्टोबर ७ यता लगातार संघर्ष चलिरहेको छ । बीचमा ६ दिन संघर्षविराम भए पनि पुनः इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ । यस बीचमा हमासले १ शय बन्धक छाडेको छ त्यस्तै इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ । अझै पनि हमासको कब्जामा नेपालका विपिन जोशीलगायतका विभिन्न मुलुकका नागरिक कब्जामा रहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij