
२७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्न अपिल गरेका छन् । नेपाली युवा बर्गमा नेपालमा अवसर छैन भन्ने जुन सोचले विदेश गएका छन् तिनीहरुले हन्डर खाईरहेको टिप्पनी समेत गर्नु भयो ।

उनले अहिले विभिन्न बाध्यताका कारण २ शयभन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको चिन्ताजनक खबर आएको उल्लेख गर्दै यो पनि अवसर छैन भन्ने भाष्य निर्माण हुँदा खानुपरेको हन्डरको रुपमा दाहालले टिप्पणी गरे ।
नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्,’ उनले भने, ’उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशको हितमा पनि काम गर्न सकिन्छ ।’

प्रधानमन्त्री दाहालले काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्म दीक्षित हुनेमध्ये १२ प्रतिशत विदेशी विद्यार्थी रहनु नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण भएको दाबी गरे । उनले दाहालले अब यो शैक्षिक अन्तर्राष्ट्रियकरणको अभियानलाई थप सुदृढ र विस्तारित बनाउने उल्लेख गरे ।

उनले नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएकाहरुलाई पनि ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गरेका छन् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij