१० मंसिर, बाँपीझ्याला, काठमाण्डौं । बैदेशिक रोजगार विभागले बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ । विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो ।
आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको योग्यता र अनुभवका आधारमा नाम छनोट गरिएको विभागले जनाएको छ ।
आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको, अंग्रेजी भाषा जान्ने र कम्तिमा दुई वर्षको कार्यानुभव भएको हुनुपर्ने प्रावधान राखिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij