
बाँपीझ्याला, काठमाण्डौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गर्नुभएको छ । जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उहाँले अरब देशका नेताहरुले तत्काल युद्ध रोक्नुपर्ने बताए पनि त्यो सम्भव नरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यही अवस्थामा युद्ध रोकेमा विद्रोही समूह हमास पुनः सङ्गठित भएर मध्यपूर्वको शान्ति अवस्थामा अवरोध ल्याइरहने ब्लिङ्केनको भनाइ छ ।
उहाँले अरब देशका नेताहरुसँग इजरायल–हमास युद्धमा सर्वसाधरणको ज्यान जाने क्रम रोक्ने उपाय खोज्नुपर्ने तर हमास विरुद्धको युद्ध रोक्न नहुने बताउनुभयो । अरब देशका नेताहरुले भने इजरायलले युद्ध अपराध गरिरहेको भन्दै यसलाई आत्मरक्षा हो भनेर स्वीकार नगर्ने बताएका बीबीसीले जनाएको छ ।
ब्लिङ्केन इजरायल–हमास युद्ध शुरु भएपछि तेस्रोपटक इजरायल पुगेर अरब देशका नेताहरुसँग छलफल गर्न जोर्डन पुग्नुभएको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij