
बाँपीझ्याला, काठमाण्डौं । एजेन्सी । क्यारेबियन राष्ट्र हाइटीमा अपराध बढेपछि गत अगष्टको मध्यदेखि हालसम्म करिब ४० हजार मानिसलाई घरबाहिर निकालिएको संयुक्त राष्ट्रसङ्घको खाद्य निकायले जनाएको छ । रोमस्थित विश्व खाद्य कार्यक्रमका अनुसार यो विस्थापनले ‘पहिलेदेखि नै जटिल मानवीय सङ्कट’लाई बढावा दिइरहेको छ, जहाँ देशको लगभग आधा हिस्साले खाद्य असुरक्षाको चरम स्तरको सामना गरिरहेको छ ।

हिंसात्मक समूहले देशको विभिन्न भागमा नियन्त्रण जमाएको संयुक्त राष्ट्रसङ्घले गत हप्ता चेतावनी दिएको थियो । पहिले सुरक्षित रहेका इलाकाहरूमा अन्धाधुन्ध हत्या, अपहरण, बलात्कार र आक्रमणमा वृद्धि भएको राष्ट्रसङ्घल जनाएको छ ।
डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महिला, बालबालिका, वृद्धवृद्धा र अन्य जोखिममा रहेका समूहहरूले एक क्रूर द्वन्द्वको सामना गरिरहेका छन् जसमा दर्जनौं सशस्त्र समूहहरू लडिरहेका छन् । “बितेका अढाइ महिनामा दशौं हजार मानिसहरूलाई ‘घरबाट लखेटिएको’ छ । उनीहरू प्रायः आफूले लगाएको लुगा मात्र लिएर भाग्ने गरेका छन्,” एजेन्सीले भनेको छ ।

“हालैका यी आन्दोलनहरूले देशभरि विस्थापितहरूको कूल सङ्ख्या दुई लाखभन्दा बढी पुर्याएको छ,” विज्ञप्तिमा भनिएको छ, “डब्लूएफपी र यसका साझेदारहरूले अगस्टको मध्यदेखि पाँच लाख ५० हजारलाई खाद्यान्न वितरण गरेका छन्, तर कोष कटौतीको अर्थ एजेन्सीले प्रायः सामान्य दुई छाकको सट्टा दिनमा एक छाक मात्र खाना प्रदान गर्न बाध्य भएको छ ।”
डब्ल्यूएफपीका कन्ट्री डाइरेक्टर ज्याँ मार्टिन बाउरले भने, “आगामी छ महिनामा अति जोखिममा रहेका हाइटीवासीको आवश्यकता पूरा गर्न हामीलाई तत्काल १३ करोड ६० लाख अमेरिकी डलर आवश्यक छ ।
राष्ट्रसंघीय निकायले खाना खुवाउनेदेखि विस्थापितहरूलाई नगद सहायता प्रदान गर्ने, परिवारहरूलाई उनीहरूको खाना छनौट गर्न अनुमति दिने र स्थानीय अर्थव्यवस्थालाई पनि बढावा दिने प्रक्रियामा रहेको बताएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij