
बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तमिम विन हमद अल थानीको छिट्टै नेपाल भ्रमण हुने बताएका छन् । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणबाट फर्के लगत्तै कतारका राजा थानीको नेपाल भ्रमण हुने जानकारी दिएका हुन् ।

दसैँ, तिहार लगायतका चाडपर्वको अवसर पारेर शनिबार नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले सरकारको कूटनीतिक सफलताका कारण नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूलो भ्रमण हुन लागेको दाबी समेत गरे ।
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार राति (भोलि) नेपाल आउँदै छन् । प्रधानमन्त्री दाहालले उनको भ्रमणले नेपालको प्रतिष्ठा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले ठूला दलहरूले मिलेरै मुलुकलाई अघि बढाउने बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij