बाँपीझ्याला, काठमाण्डौं । अमेरिकाकाे ल्यूइस्टन, मेनकाे एक रेस्टुरेन्टमा बुधबार राति अन्धाधुन्ध गाेलीबारी (मास शूटिङ) हुँदा २२ जनाकाे मृत्यु भएकाे छ । उक्त घटनामा करिब ६० जना घाइते भएका छन् । उनीहरूमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

सीएनएनका अनुसार गाेलीबारी गर्ने बन्दुकधारी अझैसम्म नियन्त्रणमा नआएका कारण त्यहाँकाे स्थानीय प्रहरीले सर्वसाधारणहरूलाई सुरक्षित भएर लुक्न आग्रह गरेकाे छ ।
गोलीबारी ३ ठाउँमा राति करिब ८ बजे भएकाे स्थानीय प्रहरीले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ती बन्दुकधारी अहिले फरार छन् । फरार रहेका ती सन्दिग्ध व्यक्तिको दुईवटा तस्बिर जारी गर्दै पहिचान गर्न र सूचना दिन प्रहरीले आग्रह गरेको छ । साथै ती बन्दुकधारीले सहरका विभिन्न भागमा घटना घटाएको पनि बताइएको छ । एजेन्सी
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij