
बाँपीझ्याला, काठमाण्डौं । लोकसर्जक सन्तोष सुवेदीको दसैँ–तिहार गीत सार्वजनिक गरिएको छ । हरिराम बिसी र लक्ष्मी खड्काको स्वर रहेको उक्त गीत भिडियोसहित केही दिनअघि गायक बिसीकै च्यानलबाट रिलिज गरिएको हो । गीतमा महेन्द्र भण्डारीको संगीत छ । निरेन श्रेष्ठको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा विमल अधिकारी, सञ्जिता दर्लामी, आरती खड्का अश्मीता न्यौपाने र बाल कलाकार सुप्रिम सुवेदीको अभिनय रहेको छ ।
बिसीको आवाजमा यही वर्ष बजारमा आएको ‘लैजान्छु पोखरा’ तीज गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाएका थिए । उनी सो गीतमार्फत नवगायकको अवार्डमा पनि मनोनीत भएका थिए ।
झण्डै एक दशक लोक सिंजर्नामा बिताएका सुवेदीले पछिल्लो ‘दसैँ–तिहार’ गीतमा पनि दर्शक–श्रोताको अपार माया पाउने विश्वास व्यक्त गरेका छन् ।

भिडियो :
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij