बाँपीझ्याला, काठमाण्डौं । नारायण रायमाझी निर्देशित फिल्म'परदेशी २' को नयाँ गीत सार्वजनिक गरिएको छ। बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे गीत सार्वजनिक गरिएको हो।
यो गीतमा निर्देशक रायमाझीसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ। शब्द पनि निर्देशक रायमाझीले लेखेका हुन्। उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत भरेका छन्।
रामजी लामिछाने र गोविन्द राईले कोरियोग्राफी गरेको गीतमा अभिनेता प्रकाश सपूत, केकी अधिकारी र प्रशान्त तामाङलाई देख्न सकिन्छ। नेपाली फिल्ममा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता-दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ।
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।
मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। यो फिल्म दशैंको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij