
बाँपीझ्याला, काठमाण्डौं । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल सीताको प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो।
प्रत्येक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको छ । सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ ।

सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् । त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij